Friday, March 14, 2014

अनिल उपाध्याय
प्रित खोजेको हु................
याद होईन अस्रुभित्र प्रित खोजेको हु
श्वासभित्र मन्द मन्द धित खोजेको हु ।

मान्छे उहि धर्ति उहि शंकल्प उहि हो
अन्धकारमा क्षणभरको रित खोजेको हु ।

घुम्ति पिच्छे रङ्गहरु कति बदले के भो
स्वप्नभित्र मुस्कुराउदो हित खोजेको हु ।

बादलभित्र जुनेलीको रङ्ग फेरीरहदा
एकान्तमा क्षितिजवाट गित खोजेको हु ।

शिखर चुम्ने यो यात्रामा अवरोध खडा हुदा
कोसौ कोसको पाइलाभरि जीत खोजेको हु ।

विहानीको पवनसंग यात्रा थाल्नु पहिल्यै
मनको वह बिसाउने मित खोजेको हु ।

No comments:

Post a Comment