Monday, July 21, 2014

१० उत्कृष्ट सहर र काठमाडौं 



संस्कति, कला, ऐतिहासिक धरोहर, स्वच्छ, शान्त र हराभरा वातावरण जस्ता विषयवस्तुले सबैको मन छुन्छ होला । हामीले अध्ययन गरेका पाठ्यक्रममा पनि  यस्ता विषयवस्तुमा रुची नदेखाउने सायदै मात्र होलान् ।
प्रकृतिप्रति प्रेम नभएका मानिसहरू सायदै मात्र होलान् । कसलाइ मन पर्दैन स्वच्छ हराभरा र सुन्दर प्रकृति अनि दृष्यहरू ? आफ्नो वरिपरिको वातावरण स्वच्छ होस् भन्ने सबैको चाहना हुन्छ । अझ सहरको ठेलमठेल भिडमा त कतै सानो हरियो चौर वा हरियो रुख भेट्दा ओत लाग्ने र थकाइ मार्नेको भिड लाग्छ ।
यतिखेर प्रसंग जोड्न खोजिएको विषय हो–काठमाडौं सहर । जसको योगदान रहे पनि वा जसलाइ श्रेय दिए पनि काठमाडौंका सडकहरूको फैलावटले आजकल धेरै हदसम्म यहाँ बसोबास गर्ने मानिसहरूलाइ हौसला थपेको छ । सडकमा गुड्ने र हिड्ने सबैलाइ खुलापनको अनुभूति पक्कै भएको छ । अझ आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै काठमाडौंको सडकको काँचुली साच्चिकै फेरीने छ । तर कुनै सम्मेलन हुँदा मात्रै सहरको अस्थायी मुहार फेर्ने सम्मेलन सकिने वित्तिकै वेवास्ता गर्ने प्रवृत्तिका कारण होला काठमाडौंको सौन्दर्यतामा सधै एकनासले विकास नहुनु ।

यहि सहर भित्र बस्दै आएको एक नागरिकका हैसियतले कहिलेकाही  आफैभित्र अनेक थरी प्रश्नले मलाइ खोतलिरहेका हुन्छन् । आफैभित्र प्रश्न उब्जिन्छ अनि आफैलाइ जवाफ खोज्न बाध्य गराइरहेको हुन्छ । विश्वका सुन्दर सहरहरूका बारेमा सुन्दा पढ्दा अनि विदेशबाट फर्केर आएका साथीहरूले काठमाडौं प्रदुषणलाइ नाक खुम्च्याइ विदेशी भूमिको वर्णन गरीरहदा लाग्छ हामी कहा चुक्यौ ? के काठमाडौ विश्वका सफा सहरहरू जस्तै बनाउनै सकिदैन त ? के काठमाडौको माटोमा सुन्दर फूल र हरिया वृक्ष उमार्ने क्षमता छैन ? यस्तै यस्तै प्रश्नहरूले कुत्कुताइरहन्छ मलाई ।

यो शहरमा बस्ने हरेक ब्यक्तिका आफ्नै निजी कामकाजहरू छन । आ–आफ्नै व्यवसायमा तल्लिन छन् र आ–आफ्नै गन्तव्य छन् । आखिर सबै यही सहरभित्र  जीवन विताइरहेका छन । मलाइ लाग्छ, यो शहरमा बसोबास गर्ने मानिसहरू  महलदेखि झुपडिसम्मका छन् र ति सबै नागरिकहरूको साझा आँगन हो । आफ्नो आँगन सफा राख्न कसैलाइ भनीरहनु पर्ने अनि  कुनै विशेष अवसर कुर्नुपर्ने मानसिकता हामिले त्यागेनौ भने काठमाडौंको मुहार कहिल्यै फेरिदैन । सडक विस्तार भएको ठिक भोलिपल्ट सडक खनिन्छ विभिन्न वहानामा अर्को पक्षले कुरुप वनाइदिन्छ । कसको दोष हो यो ? हामी योजना निर्माणमै दिगो ढङ्गले भविष्यका बारेमा नसोचिकनै पूर्वाधार निर्माण गर्यौ जसका कारण एउटाले वनाउने अर्कोले भत्काउने भएको छ । अचम्म लाग्छ बल्ल बल्ल सडक विस्तार भयो अव धुलो धुवा कम खाइन्छ भन्ने सोच्यो फेरी अर्कोले नाली खन्छ , सेफ्टी ट्याङकीका लागि सडक खन्छ । यसरी सडक  व्यवस्थित वन्छ त ? पक्कै वन्दैन । यसकारण काठमाडौं सहरको स्वरुप वदल्ने हो भने सडकसँग जोडिएका अन्य पूर्वाधारहरूको संयोजन पनि एकैपटक हुनुपर्छ ।

विकासका लागि नागरिक उत्तरदायित्व अभियानलाइ सबैले अंगाल्ने हो भने सुन्दर शान्त अनि सफा सहर निर्माण हुन धेरै समय लाग्ने छैन । हामी सबैको प्रत्यक्ष सहभागितामा सिधै  व्यवहारमा उतार्न तयार हुने हो भने आम नागरिककै सहभागितामा काठमाडौंका सडकहरू चिल्ला, सफा र व्यवस्थित हुनेमा कुनै सन्देह छैन ।
काठमाडौंलाइ विश्वकै नमूना सहर बनाउन के गर्नुपर्छ ?
१ साइकलको सहर
हिड्नु शरिरका लागि जति फाइदाजनक छ त्यति नै अन्य सवारी साधन भन्दा साइकलको प्रयोग मानव स्वास्थ्यका लागि विभिन्न दृष्टिकोणले लाभदायी छ । जाइकाले गरेको एक अध्ययन अनुसार काठमाडौं उपत्यकामा ४० प्रतिशत मानिसहरू हिड्छन ।
यती ठूलोे संख्यामा हिड्ने मानिसहरूको स्वास्थ्यमा बढ्दो सवारी साधनको प्रदुषणले निकै असर पुर्‍याइरहेको छ । यसकारण काठमाडौंमा आवतजावतको माध्यम साइकल वन्नुपर्छ अझ सिंगो उपत्यकालाई ‘साइकल सिटी’को रुपमा चिनाइनु पर्छ ताकी पर्यटकहरू विश्वको एक मात्र साइकल सहर भनेर चिनिएको काठमाडौंको भ्रमणमा आउन सकुन् ।


२ हरियाली सहर
सहरको हरेक गल्लीहरू हरियालीमय बनाउनु पर्छ जसका लागि  प्रत्येक घरपरिवारलाइ  आफ्नो आगनमा वृक्षारोपण अनिवार्य गर्नुपर्ने सर्त अघि सार्दे कडाइका साथ लागु गर्ने हो भने यो सहर हरिताम्य वन्न कत्ति पनि समय लाग्दैन ।  

३ बलिया संरचना र प्राकृत्तिक विपदबाट सुरक्षित सहर
सहरमा रहेका पुराना घरहरू अनि बस्तीहरूको जिर्णोद्र्धार समयमै हुनुपर्छ ताकी अव्यवस्थित बस्तीको मर्मत संहारसंगै सहरको सौन्दर्यतामा पनि निखार आओस् । अर्को भूकम्पीय हिसावले अत्याधिक जोखिमयुक्त टेका लगाएर अड्याइएका घरहरूको जिर्णोद्धारले भोली अँइपर्ने विपदवाट जोगिन सकिन्छ । यसकारण भौतिक संरचनाहरू सुरक्षित वनाउनु र वनिसकेकाको सवलीकरण गर्नुपर्छ  ताकी भोली कुनै जोखिम मोल्न नपरोस् । हाम्रो सहर र वस्ती त्यतीबेला मात्र सुन्दर शान्त र सुरक्षित हुन्छ जहा ठूल्ठूला भइपरी आउने प्राकृतिक विपदका समयमा पनि हाम्रा संरचनाहरू नभत्किउन्, सहरका संरचनाहरू भत्किएर कसैले पनि ज्यान गुमाउन नपरोस् ।

३ सभ्य र आत्म अनुशासित सहर 
व्यवस्थित सहरको परिकल्पनालाई साकार पार्न सबै भन्दा पहिले हामी सबै नागरिक सभ्य र आत्म अनुशासित बन्नु जरुरी छ । हामी नेपाली यस्ता छौ जसलाइ  यसो गर उसो गर भनेर नियम वनाएको पच्दैन त्यसको ठिक विपरित हामीहरू गइरहेका हुन्छौ । यसकारण कसैले नभनी प्रत्येक व्यक्तिमा आत्म अनुशासन र स्वतः उत्तरदायित्वको जन्म होस् ।
४ विश्वास र सामाजिक सुरक्षाको सहर
हामी मानिसहरू एकार्कामा यस्तो विश्वास होस कि, दिन होस या रात होस आम मानिसलाइ स्वतन्त्र हिडडुल गर्न कुनै असुरक्षा महसुस नहोस् । यो सहरप्रति यति विश्वास होस की जुन सामान जहाँ छुटे पनि त्यो समान सुरक्षित सम्बन्धित ब्यक्तिमा पुग्छ भन्ने पूर्ण आशा रहोस् । ताकी संसारले भनोस  काठमाडौं संसारकै विश्वासिलो सहर हो ।

५ स्वच्छ मानवीय भावना र  पवित्र विचारको सहर
यो सहरमा रहेका हरेक व्यक्तिको एकअर्को प्रति निर्धक्क छलकपट रहित निस्वार्थ भावना होस् । एक अर्कोकसंगको व्यवहारमा रत्तिभर डराउनुपर्ने र शंका गर्नुपर्ने वातावरण फिटिक्कै नरहोस् । हरेक मनहरू स्वच्छ पवित्र अनि मानवीय भावले ओतप्रोत हुन् । जताततै मित्र भाव र हामी एक परिवारका सुन्दर सदस्य हौ भन्ने भाव पलाओस् । विश्वासको खडेरी लागि रहेको संसारमा ,मानिसहरुले हाम्रो सहरमा  विश्वासको आभास पाउन् ।

६ सृजनात्मकता र कलात्मकताको सहर
नेपाल आफैमा सृजना र कलात्मकताको खानी हो । स्वच्छ हावा, कञ्चन यहाँका हिमाल पहाड तराइका समतल फाँटहरूले यो मुलुकको सौन्दर्याभूति स्वतः झल्काएको छ । त्यसमा पनि ऐतिहासिक धरोहरहरूको सहर काठमाडौंं मन्दिरहरूको सहर भनेर चिनिन्छ । यो आफैमा एक गौरवको कुरा हो तर ठिक त्यही ठाउ“मा के हाम्रा यी सबै धरोहरहरू सफा सुग्घर छन् त ? अह, हामिले देखेका छौ कुनै मन्दिरेका छेउमा गएर पिढीमा बसेर आराम गर्न मनमा इच्छा जाग्यो   भने पनि नाक थुन्नुपर्ने अवस्था छ । यसकारण हाम्रो सहरमा भएका ऐतिहासिक धरोहर जसलाई हाम्रा पुर्खाहरूले आफ्नो परम्परागत विवेक प्रयोग गरेर भएपनि सुन्दर सृजना गरेका हुन त्यस्ता कलात्मक धरोहरको अस्तित्व सुरक्षित गर्नु र थप परिष्कृत कला तथा सृजनाको निर्माण हुन सके  जहा पुग्यो, जता हेर्यो त्यतै कलात्मकताको अनूभति हुने सहर हाम्रो सहर बन्न सक्छन । कुनै विदेशीलाइ काठमाडौंमा पाइला टेक्ने वित्तिकै महसुस होस् की फोहोरका थुप्राहरू प्नि कलात्मक ढगंले ब्यबस्थित देखिउन् । हरेक संरचनाहरूमा नयाँ-नयाँ कलात्मक सृजना भेटिएन । यो अपेक्षा पुरा हुने हो भने एकपटक सोचौ त कस्तो हुन्थ्यो होला हाम्रो सहर । कल्पना गर्दै त यति मिठो आभाष हुन्छ भने साच्चिकै त्यही खाले परिस्थितिको सृजना भयो भने के हुन्थ्यो हो । आखिर सबै सम्भव नै रहेछ, अघि किन नबढ्ने त ?


विश्वका सुन्दर ,सफा १० सहर र तिनका विशेषताहरू
१) पेरिस, फ्रान्ससंसारकै प्रेम सहर पेरिस फ्रान्सको राजधानी हो ।
प्रसिद्ध वास्तुकला, खाना तथा सभ्य संस्कृति र इतिहास यहाँका प्रमुख विशेषता हुन ।
वातावरणीय सरसफाइका हिसावले पनि पेरिसले विगत लामो समयदेखि  राम्रो रेकर्ड राख्दै अँएको छ । पेरिस फेसनको सहर भनेर पनि चिनिन्छ  ।
यहाँको प्राकृतिक संरक्षणमा मुलुकको उत्कृष्ट नीति तथा आम नागरिककै स्वःस्फुर्त उत्तरदायीपूर्ण ब्यवहारका कारण यो सहरको सौन्दर्यतामा कहिल्यै कमी आएन ।
पर्यावरणीय सरसफाइमा यहाँको राज्यले मात्र होइन जनताले पनि ब्यक्तिगत अनुदान दिदै पेरिसलाइ विश्वको नमूना सहरको सूचीमा राखी राख्न सफल भएका हुन् ।
 
२) स्वीट्जरल्याण्ड
पश्चिमी र मध्य युरोपको विचमा अवस्थित यो मुलक नेपाल जस्तै प्राकृतिक छटा बोकेको मुलुक हो । पेरिसपछि दुनियाकै दोस्रो सफा मुलुकको रुपमा स्वीट्जरल्याण्ड आउँछ । सफा हिमाली चुचुराहरू अनि मनमोहक प्राकृतिक छटाहरू, हरियो वन र अद्भूत लाग्ने भिर पाखाहरू स्वीट्जरल्याण्डको मुख्य भौगोलिक विशेषता हो । यो मुलुकमा पनि पर्यावरणीय सफाइ तथा प्राकृतिक सौन्दर्यको जगेर्ना गर्नुपर्छ भन्नेमा आम नागरिकमा गहन बुझाइ रहेको छ । संसारकै सफा पानि तथा स्वस्थपना यहा“का थप आधारभूत राम्रा पक्षहरू हुन्  । आम नागरिकले उपभोग गर्ने खाद्यान्न तथा पानि यहा“को सरकारको प्रमुखतामा पर्दछ ।

३) भियना, अष्ट्रिया
आफ्नो सम्बृद्ध  इतिहास र सा“स्कृतिक पहिचान वोकेको मुलुकको रुपमा चिनिन्छ अष्ट्रिया ।  रोम साम्राज्यको सुरूवात  यही भूमिबाट भएको हो । समुद्री र वन संरक्षण तथा व्यक्तिगत सरसफाइका कारण अष्ट्रियाले आफ्नो पहिचान आजसम्म जोगाइ रहेको छ । देशमा सख्त रिसाइक्लीन प्रणाली र फोहोरमैलाको उचित व्यवस्थापनका कारण यो भूमिको सौन्दर्यतामा कहिल्यै कमी आएन । पाठ्यक्रममै उत्कृष्ट व्यवहार तथा वातावरणीय सरसफाइका नियमहरू सिकाइने हुनाले यहा“का मानिसहरूको मानसपटल नै सभ्य रहेको छ । प्राचिन दरवार, महल र ओपेरा हाउसका कारण अष्ट्रिया उत्कृष्ट संरचनाको सहरका रुपमा चिनिन्छ । यहाँका नदि तलाउहरूको पानिमा पिउने गुण कायम गरिएको छ ।

४) स्वीडेन
उच्च स्वस्थवद्र्धक खाना तथा बसोबास र भरपर्दो स्वास्थ्य उपचारका कारण यो मुलुकको अलग्गै पहिचान छ । हरितगृह ग्यासको न्युनतम उत्पादन हुने हुँदा वायुमण्डलीय सरसफाइका हिसावले पनि यो मुलुक उच्चकोटीमा पर्दछ । भूमि, जल तथा वातावरणीय प्रदुषणलाई रोक्न नागरिक स्तरबाट भएका पहल र प्रत्यक्ष स्वयंसेवी सहभागिताका कारण स्वीडेनले आफ्नो करिश्मा अझै जोगाउन सकिरहेको छ । उच्च साक्षरता दर आत्म अनुशासित यहाँका  जनताले मुलुकको सम्बृद्धिमा कुनै पनि  सम्झौता गरेका छैनन् ।

५) कोष्टारिका,
सफा मुलुकको रूपमा गणना हुने दक्षिण अमेरिकी मुलुक कोष्टारिका एक सुन्दर तटीय क्षेत्र हो । कोष्टारिकाको शाव्दिक अर्थ नै धनी तट हो  । प्रशस्त संरक्षित वन, वन्यजन्तु, पशु प्रजातिका कारण यो मुलुकले एक अलग्गै पहिचान वोक्दै आएको छ । उष्ण मौसमी जलवायु भएका कारण यहा“ ववस्पति तथा वन्यजन्तुको उपयुक्त स्थलहरू रहेका छन् । अनगिन्ती पर्यटकीय स्थल भएका कारण यो मुलुकको सौन्दर्यता जताततै भेटिन्छ । स्वदेसीवाट मात्र नभै विदेसी नागरिकहरूको सहभागितामा यहाको वन संरक्षणमा महत्वपूर्ण भूमिका रहदै आएको छ । सुन्दर सहरको निर्माणमा यहा“का स्थानीय माझ रहेको कार्यगत एकता उदाहरणयोग्य छ ।

६) कोपनहेगन, डेनमार्क
डेनमार्कको आर्थिक, सा“स्कृतिक र प्रशासनिक केन्द्र कोपनहेगन विश्वका उत्कृष्ट सफा सुन्दर र शान्त सहरहरू मध्ये एक हो । सन् २०१४ मा युरोपको हरियाली राजधानीको सम्मान समेत पाएको कोपनहेगन संसारका उत्कृष्ट पर्यावरणीय महत्व वोकेका सहर मध्ये पनि पर्दछ । जो कोही पनि यहाँको पर्यावरणीय माहोलसंग रमाउदा स्वर्गकै अनुभूति पाएको अनुभव वताउछन् ।

७) क्वीन्सटाउन, न्यूजील्याण्ड
संसारकै सातौ सफा सहरमा पर्ने  यो सहर स्वच्छ वातावरण र सभ्य साँस्कृतिक पहिचानका कारण लोकप्रिय मानिन्छ । संसारकै उत्कृष्ट रेष्टुरेन्ट तथा खानाका परिकार पाइने न्यूजिल्याण्ड अतिथी सत्कारको उच्च मूल्याङ्कनमा पर्ने मुलुक हो । सुन्दर हरितमय पहाडहरू, फोहार व्यवस्थापन तथा उत्कृष्ट कलाकारिताको विम्ब जताततै भेटिने यो सहर विश्वकै अमूल्य सहर हो ।

८)  कोबे, जापान
संसारका दश सफा सहरमध्ये जापानको कोबे पा“चौ स्थानमा पर्दछ । जापा










नी नागरिकहरू स्वयम् आफ्नो पर्यावरण र स्वास्थ्यप्रति सचेत छन् । सवै नागरिकहरूमा जिम्मेवारी र  पर्यावरणीय वचाउमा गहिरो भावना रहेको छ । ब्यवस्थित सडक, ब्यवस्थित फोहोर ब्यवस्थापन, उपयोगी प्रविधिको समुचित प्रयोगका कारण यो सहर अग्रपंक्तिमा पर्दछ ।

९) रोम,इटली
संसारको सबैभन्दा पुरानो तथा ऐतिहासिक दस्तावेजको साक्षी मानिने यो सहर एक सुन्दर सहर हो । ऐतिहासिक महत्व वोकेका भवनहरू र तिनीहरूका उत्कृष्ट ब्यवस्थापनका कारण यो सहरको मौलिकता अझै हराएको छैन । युरोपको ऐतिहासिक तथा पौराणिक जननी मानिने सहर रोममा अवस्थित हरेक संरचनाहरूले साँस्कृत्तिक महत्व वोकेका छन् । यहाँका हरेक संरचनाहरूको महत्व शव्दमा वयान गर्न सकिदैन । अझ भन्ने हो भने रोम संसारको एक ज्यूदो इतिहास हो ।

१०) ओस्लो, नर्वे
हरितमय सहर ओस्लो विश्वकै सुन्दर, सफा र उत्कृष्ठ सहर मानिन्छ । ओस्लो दुनियाको एक आदर्श सहर पनि मानिन्छ । उच्च सामाजिक सुरक्षा, सहयोगी भावना भएका जनता र पर्यावरणीय सफाइमा उच्च सतर्कता अपनाउने सहर भएकाले यहा“को सौन्दर्यता अझै मनमोहक छ । सुन्दर पार्क, उद्यान र रमणीय तालका, हरिया वन जंगलका यहाँका आकर्षण हुन् ।

No comments:

Post a Comment